नेपाल प्रिमियर लिग विजेता जनकपुर बोल्ट्सका ललित नारायण राजवंशी प्रतियोगिताकै ब्यालिस्टिक बलर बनेका छन्।
उनले मोटरसाइकल जिते। प्रतियोगितामा उनले कुल १७ विकेट लिएका थिए।
ललितले एनपीएलमा सबैभन्दा बढी ४० ओभर बलिङ गरे। एउटा बलरले पाउनेजति सबै ओभर बलिङ गर्ने ललित एक मात्र खेलाडी हुन्। यसक्रममा उनले ५ मेडन राख्दै २१३ रन खर्चिएका छन्।
सुदूरपश्चिमका स्कट कुगेलिनले पनि समान १७ विकेट लिए। यसपछि धेरै विकेट लिनेमा चितवनका सोहिल तनविर १४ विकेट, बिपिन शर्मा, रिजन ढकाल र किशोर महतोले समान १३ विकेट लिएका छन्।
615
Shares

प्रतिक्रिया