खेल


महिला यू-१९ एसिया कपमा बंगलादेशसँग पराजित भयो नेपाल

महिला यू-१९ एसिया कपमा बंगलादेशसँग पराजित भयो नेपाल

नेपालखबर
पुस ५, २०८१ शुक्रबार १५:५४, काठमाडौँ

१९ वर्षमुनिको महिला एसिया कपमा नेपाल बंगलादेशसँग पराजित भएको छ। 

योसँगै नेपाल प्रतियोगितामा सुपर ४ बाट बाहिरिएको छ भने बंगलादेश र भारत फाइनलमा भिड्ने भएका छन्। 

शुक्रबार वर्षातका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेट गुमाएर ५५ रनको लक्ष्य दिएको थियो। 

जवाफी ब्याटिङ गरेको बंगलादेश १०औँ ओभरको पाँचौँ बलमा १ विकेट क्षतिमा ५८ रन जोड्दै विजयी भयो। 

बंगलादेशका लागि फाहोमिदाले सर्वाधिक २६ रन जोडेर नटआउट रहिन्। कुसुम गोदारको बलमा आउट भएकी मिस्ट एभाले १८ रन र अर्की नटआउट सुमैया अख्तर सुवर्णले १० रन बनाइन्। 

नेपालले बंगलादेशलाई ४ अतिरिक्त रन दियो। 

त्यसअघि नेपालका लागि साना प्रवीन ४, सावित्री धामी ११, पूजा महतो ९, सोनी पाख्रिन २, ज्योत्स्निका मरासिनी ५, सिमाना केसी ३, एलिशा यादव ८, कुसुम गोदारले ३ रन जोडिन् भने तिर्सना विश्वकर्मा ४ रनमा नटआउट रहिन्। बंगलादेशी बलरले नेपाललाई ५ अतिरिक्त रन दिएपछि ५४ रनको लक्ष्य बनेको थियो। 

बंगलादेशका लागि फर्जना एसमिन, अनिसा अख्तर सोबा, फाहोमिदा चोया र हबिबा इस्लामले समान १ विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad