नेपाल प्रिमियर लिग (एनपीएल) ले खेलाडी र खेलप्रेमीलाई मात्र हौसला र उत्साह दिएको छैन। यसले गरी खाने वर्गलाई नयाँ अवसर पनि सिर्जना गरेको छ।
किनभने, एनपीएलका कारण त्रिवि क्रिकेट मैदान वरपर खुद्रा व्यापार खुब चम्किएको छ। चिया, चुरोट, चाउमिन, चुइंगमदेखि खेल हेर्न आउने दर्शकको हेल्मेट रेखदेखको व्यापारसम्म खुब मौलाएको छ। अघिपछि सडकपेटीमा भेटिने खुद्रा व्यापारीहरू अहिले यहीँ केन्द्रित भएका छन् र उनीहरूको व्यस्तता थप हेर्नलायक भएको छ।
एनपीएलका कारण राम्रो आम्दानी गरिरहेको उनीहरू बताउँछन्। जाडोमा तातोतातो खानेहरूको लाइन भेटिन्छ। भुईँमा एनपीएलका ८ वटा टिमको टिकट मात्रै बेचेर पनि दैनिक हजारौँ कमाइरहेका छन्।
पुस ४, २०८१ बिहिबार २३:२२

प्रतिक्रिया