नेपाल प्रिमियर लिगको फाइनलमा पुग्न ११९ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले खराव प्रदर्शन गरिरहेको छ। १० ओभरको खेल सकिँदा ४१ रन बनाएको जनकपुर बोल्ट्सले मात्रै ४१ रन बनाएको हो।
अब १० ओभरमा जनकपुरलाई ६० बलमा ७८ रन आवश्यक छ। जनकपुरसँग ६ विकेट बाँकी छ।
आकाश त्रिपाठी २० बलमा १३ रन बनाएर आउट भए। यसअघि ओपनर शुभ कंसकार ३ रन जोडेर आउट भएका हुन्। उनलाई बिपिन शर्माको दोस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले क्याच आउट गरे।
तेस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले आशिफ शेखलाई पनि आउट गरे। आसिफले ६ बलमा ४ रन मात्रै बनाए।
लाहिरु मिलान्था पनि २ रनमै आउट भए। पाँचौ ओभरको दोस्रो बलमा उनलाई विलियम बोसिस्टोले आउट गरेका थिए।
पहिले ब्याटिङ गरेको कर्णालीले ११९ रनको लक्ष्य दिएको छ।
333
Shares

प्रतिक्रिया