खेल


कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सको ब्याटिङ कमजोर

कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सको ब्याटिङ कमजोर

नेपालखबर
पुस ४, २०८१ बिहिबार १४:४८, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले कमजोर ब्याटिङ गरिरहेको छ।

कर्णालीले दिएको १ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले पावर प्लेमा ३ विकेटको क्षतिमा २६ रन बनाएर खेलिरहेको छ।

ओपनर शुभ कंसाकार ६ बलमा ३ रन बनाउँदा विपिन शर्माको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए। अर्का ओपनर तथा कप्तान आशिफ शेख ४ रन बनाउँदा सोमपाल कामीको बलमा नन्दन यादवको हातबाट क्याच आउट नै हुन पुगे।

लाहिरु मिलान्था २ रनमा विलियम बसिस्टोको बलमा यादव कै हातबाट आउट हुन पुगे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ  गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १८ रनको योगफल तयार पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad