खेल


इस्लिङ्टन कलेजको दीक्षान्त समारोह, बिजनेस र आईटीका ८१४ विद्यार्थी दीक्षित

इस्लिङ्टन कलेजको दीक्षान्त समारोह, बिजनेस र आईटीका ८१४ विद्यार्थी दीक्षित

नेपालखबर
पुस ३, २०८१ बुधबार १६:५९, काठमाडौँ

कमलपोखरीस्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ।

समारोहमा स्नातक तहअन्तर्गत विशेषज्ञताहरू बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ र आईटी सेक्युरिटी, बीएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजी, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन, बीए ( अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) डिजिटल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) विज्ञापन र मार्केटिङ, र बीए (अनर्स) इभेन्ट्स र टुरिजम म्यानेजमेन्टका कुल ७५० जना विद्यार्थी सहभागी थिए। 

त्यस्तै स्नातकोत्तर तहअन्तर्गत एमएससी आईटी र एप्लाइड सेक्युरिटी विषयका ६४ जना विद्यार्थी दीक्षित भएका थिए। समारोहमा बिजनेस विषय र आईटी विषय पूरा गर्ने विद्यार्थी गरी कुल ८१४ विद्यार्थी दीक्षित भएका थिए।

वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति र प्रतिष्ठित अन्तर्राष्ट्रिय विद्यार्थी हाउस / लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ।

यस वर्षको प्रतिष्ठित अन्तर्राष्ट्रिय विद्यार्थी हाउस / लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति लक्षिना बज्राचार्य र कुशल कार्कीलाई प्रदान गरिएको छ, जसका कुल रकम १.५ करोडभन्दा बढी हुने गर्दछ। यसले ट्युसन शुल्क, बस्ने खर्च र दुईतर्फी हवाई भाडा जस्ता खर्चहरु कभर गर्ने जनाइएको छ। 

यस वर्षको इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति निश्चल आचार्य र सुजल तुलाधरलाई प्रदान गरिएको छ। यी विद्यार्थीहरूले आफ्नो उत्कृष्ट उपलब्धि र उज्ज्वल भविष्यको सम्भावनालाई मद्दत पुऱ्याउँदै इनोभेट नेपाल ग्रुपका कलेजहरूमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्नेछन्।

यो अवार्डसँगै इनोभेट नेपाल ग्रुपअन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन्।

इस्लिङ्गटन कलेजले २८ वर्षभन्दा बढी समयदेखि सूचना प्रविधि, व्यावसायिक प्रशासन र सम्बन्धित क्षेत्रहरूमा स्नातक र स्नातकोत्तर कार्यक्रमहरू प्रदान गर्दै आएको छ।

अन्तर्राष्ट्रिय साझेदारी, उच्चस्तरीय शैक्षिक कार्यक्रम र विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक संसारमा सफल बनाउने सीप र ज्ञान प्रदान गर्न प्रतिबद्धता कलेजको विशेषता भएको कलेजले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad