खेल


एलिमिनेटरमा जितका लागि चितवनलाई १७६ रनको लक्ष्य

एलिमिनेटरमा जितका लागि चितवनलाई १७६ रनको लक्ष्य

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस ३, २०८१ बुधबार १०:४७, काठमाडौँ

जयकिसन कोल्सावाला र विलियम बसिस्टोको अर्धशतकमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा जितका लागि चितवन राइनोजसामु १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७५ रनको योगफल तयार पारेका हो। 

पाचौँ विकेटका लागि विलियम बसिस्टो र चान्डविक वाल्टनले ६७ रनको साझेदारी गरे। विलियन ५२ रन बनाउँदै सोहेल तनविरको बलमा बोल्ड आउट भए। उनले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गरे। 

चान्डविक ४६ सोमपाल कामी शुन्य रनमा नटआउट रहे। चान्डविकले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। 

ओपनर जयकिसन कोल्सावाला ५३ रन बनाउँदै क्याच आउट भए। १३ औ ओभरको चौथो बलमा जयनकिसन रवि वोपाराको बलमा शरख भेषावकरको हातबाट क्याच आउट भए। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। उनले ३६ बलमा ४ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। उनी मंगलबार मात्र नेपाल आइपुगेका हुन्।  

जिसन मक्सुद १४ रनमा क्याच आउट भए। १२ बलमा १ चौका र १ छक्का हानेका मक्सुद शरद भेषावकरको बलमा रन्जित कुमारको हातबाट क्याच आउट हुन पुगे। 

देव खनाल ३ रनमा रनआउट भए। रित गौतम र गुल्सन झा शून्य रनमा नै आउट भए। 

चितवनका लागि सोहेल तनविरले दुई विकेट लिए। शरद भेषावकर, रवि बोपारा र कुशल मल्लले समान एक विकेट आफ्नो नाममा गरे। 

यो खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान स्थान बनाउनेछ। पराजित हुने टोली भने प्लेअफ बाटै बाहिरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad