कारोबार


सोमबार र मंगलबार बढेको सुनको मूल्य आज घट्यो, चाँदी पनि सस्तियो

सोमबार र मंगलबार बढेको सुनको मूल्य आज घट्यो, चाँदी पनि सस्तियो

नेपालखबर
पुस ३, २०८१ बुधबार ११:०, काठमाडौँ

गएको सोमबार र मंगलबार बढेको सुनको मूल्य आज घटेको छ।

सोमबार र मंगलबार दुई दिनमा जम्मा ६ सय बढेको सुनको मूल्य आज प्रतितोला सातसय रुपैयाँ घटेको हो। सुन आज तोलाको एक लाख ५० हजार सातसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

गएको सोमबार सुन प्रतितोला चारसय र मंगलबार तोलाको दुईसय रुपैयाँ बढेको थियो।

गएको आइतबार एकैदिन सुन प्रतितोला दुई हजार दुईसय रुपैयाँ घटेको थियो। 

चाँदीको मूल्य पनि आज घटेको छ। बिगत तीन दिनसम्म स्थिर रहेको चाँदीको मूल्य आज प्रतितोला पाँच रुपैयाँ घटेर एक हजार आठसय ३५ रुपैयाँ कायम भएको छ।  

गएकाे मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad