नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले दोस्रो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले ५ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै ३५ रन बनाएर खेलिरहेको छ।
क्रिजमा ओपनर जयकिसन कोल्सावाला २१ रनमा अविजित छन्।
अर्का ओपनर रित गौतम पहिलो बलमा नै पेभेलियन फर्के।
जिसन मक्सुद १४ रनमा क्याच आउट भए। १२ बलमा १ चौका र १ छक्का हानेका मक्सुद शरद भेषावकरको बलमा रञ्जित कुमारको हातबाट क्याच आउट हुन पुगे।
यो खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। पराजित हुने टोली भने प्लेअफबाटै बाहिरिनेछ।
135
Shares

प्रतिक्रिया