सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले सोमबार भएको कर्णाली याक्ससँगको खेलमा अन्य समीकरणभन्दा पनि आफ्नो जित ध्यानमा राखेर खेलेको बताएका छन्।
कर्णालीमाथि जित हात पारेपछि पत्रकारसँग कुरा गर्दै ऐरीले आफ्नो जितले अन्य टोली यहाँ पुग्छ भन्ने कुरा नसोची आफ्नो जितलाई मात्र ध्यानमा राखेर खेलेको उनको भनाइ छ।
उनले टोली बलियो रहेकाले सुरुदेखि राम्रो खेलेर उपाधि जित्छौँ भन्ने विश्वास रहेको पनि बताए।
आगामी खेलमा यही लय जारी राखे लक्ष्य सम्भव हुने उनको बुझाइ छ। उनले योजना बनाएर जनकपुरसँग पनि राम्रो खेल्ने लक्ष्य रहेको बताएका छन्। अहिलेसम्म दिएको साथ फाइनलसम्म पनि दिन उनले समर्थकलाई आह्वान गरेका छन्।
288
Shares

प्रतिक्रिया