काठमान्डु गुर्खाजका कप्तान करण केसीले १२औँ ओभरभित्र खेल जित्दै प्लेअफमा पुग्न नेट रनरेटमा सुधार गर्ने लक्ष्य भए पनि सफल नभएको बताएका छन्।
विराटनगरविरुद्धको खेलपछि पत्रकारसँग कुरा गर्दै कप्तान केसीले ब्याटिङ धराशयी हुँदा योजना सफल हुन नसकेको अनुभव सुनाए।
बलिङमा राम्रो गरे पनि ब्याटिङ राम्रो हुन नसकेको उनको भनाइ थियो।
उनले इङ्लिस ब्याटरलाई टोलीमा अनुबन्धित गर्नु खराब निर्णय नभएको पनि उल्लेख गरे। तर, पिचको कन्डिसन बुझ्न नसक्दा इङ्लिस ब्याटरलाई सहज नभएको उनको प्रस्टीकरण थियो।
उनले सुरुमा कर्णाली याक्सलाई बलियो देखे पनि सुदूपश्चिमले धेरै राम्रो क्रिकेट खेलिरहेको धारणा पनि राखे।
543
Shares

प्रतिक्रिया