कारोबार


नाडाको साधारणसभा, यातायातमन्त्री भन्छन्– ईभी मात्रै पूरा समाधान होइन (तस्बिरहरू)

नाडाको साधारणसभा, यातायातमन्त्री भन्छन्– ईभी मात्रै पूरा समाधान होइन (तस्बिरहरू)

नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालको साधारणसभा । तस्बिर : सरोज बैजु


नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १८:२२, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विद्युतीय सवारीसाधन आजको आवश्यकता र माग भएको बताएका छन्। 

नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालको साधारणसभालाई सम्बोधन गर्दै विद्युतीय सवारीसाधनको जोडमा मन्त्रालय लागिपरेको बताएका हुन्। 

उनले विद्युतीय सवारीसाधन मात्रै पूरा समाधान नभएको पनि बताए। पछिल्लो समय ब्याट्री डिस्पोजका समस्या धेरै उठिरहेको बताउँदै त्यसको व्यवस्थापन संसारका लागि नै चुनौती बनिरहेको बताए। 

उनले सरकार अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ फर्काउन कोशिस गरिरहेको बताए। 

‘इलेक्ट्रिक भेहिकल आजको आवश्यकता हो। र माग पनि हो। मन्त्रालयले यसको पूर्वाधार र ब्याकअप विकासमा जोड दिइरहेको छ। हुन त इभी नै पूरा समाधान त होइन, किनभने यसका पनि धेरै प्रश्नहरु उठेका छन्’, उनले भने, ‘जस्तो ब्याट्री डिस्पोजका समस्या आज ज्वलन्त रुपले उठिरहेको छ। त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि उठेको छ। यसमा हामीले ध्यान दिइरहेका छौँ। तर यो विषय पनि आत्तिहाल्नुपर्ने विषय छैन। ग्लोबल्ली समस्या हो।’
 
नाडा अटो मोबाइल्स एसोसिएन अफ नेपालका अध्यक्ष करण चौधरीले सरकारले लगानीको वातावरण बनाए। अटो उद्योगमा लगानी गर्न व्यवसायी तयार भएको बताएका छन्। उनले अहिले लुब्रिकेन्ट्स, ब्याट्रीलगायतका उद्योग स्थापना भएको बताउँदै चार पांग्रे एसेम्बल उद्योग स्थापना गर्ने अवस्था सिर्जना गर्न आग्रह गरे।

तस्बिरहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad