खेल


विराटनगरविरुद्ध काठमान्डुको महत्त्वपूर्ण जित

विराटनगरविरुद्ध काठमान्डुको महत्त्वपूर्ण जित

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १२:२५, काठमाडौँ

विराटनगर किंग्सविरुद्ध काठमान्डुले महत्त्वपूर्ण जित हासिल गरेको छ।

प्लेअफ सम्भावना जीवितै राख्न जित्नैपर्ने खेल काठमान्डुले ११ बल बाँकी छँदै १ विकेटले जितेको हो। 

टस जितेर काठमान्डुले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले सबै विकेट गुमाउँदै ११७ रन मात्र बनाएको थियो। 

विराटनगरका लागि लोकेश बमले ८, दीपक बोहराले २०, निकोलस किर्तनले १२, स्कट एडवार्डले १५, बसिर अहमदले १३, इस्मत आलमले ५, राजेश पुलामीले २५, क्रिस सोलले १ रन बनाए। सन्दीप लामिछाने शून्य रनमै आउट हुँदा सुबास भण्डारीले ६ रन बनाए भने १ बलमा नटआउट रहेका अनिल खरेलले रन जोडेनन्। 

काठमान्डुले १२ अतिरिक्त रन दिएपछि उक्त लक्ष्य बनेको थियो। 

बलिङतर्फ काठमान्डुका जेरार्ड इरासमसले ३, दीपेश कँडेलले २ र साहव आलम, करण केसी र डान डाउथवेटले समान १ विकेट लिए। रशिद खानले भने विकेट लिन सकेनन्। 

११८ रनको लक्ष्य काठमान्डुले १८.१ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको हो। 

काठमान्डुका लागि स्टेफेन एस्किनाजीले १, माइकेल लेविटले १०, जेरार्ड इरासमसले १२, भीम सार्की १, प्रतीक श्रेष्ठ ३९, डान डाउथवेट १, रशिद खान १४, शंकर राना १६, करण केसी ०, साहव आलम २ र दीपेश कँडेलले ११ रन बनाए। दीपेश र शंकर नटआउट रहे। विराटनगरले १३ अतिरिक्त रन उपहार दियो। 

बलिङतर्फ विराटनगरका सन्दीप लामिछानेले ३ विकेट लिँदा अनिल खरेल, बसिर अहमद र क्रिस सोलले समान २ विकेट झारे। इसमत आलम र सुबास भण्डारी भने विकेटविहीन रहे। 

अन्ततः ११ बलअगावै १२० रन बनाएर काठमान्डुले प्लेअफ खेल्ने सम्भावना जीवितै राख्योे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad