राजनीति


एमाले राजनीति गर्न नभई देश बनाउन बनेको पार्टी हो : ओली

एमाले राजनीति गर्न नभई देश बनाउन बनेको पार्टी हो : ओली

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १२:३१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभई देश बनाउनका बनेको दाबी गरेका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ राष्ट्रिय कार्यशालामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्।

उनले एमाले जन्मैदेखि एउटा महान् उद्देश्य काँधमा बोकेर जन्भिएको पार्टी भएको उल्लेख गर्दै देशमा सकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिष्कृत रूपहरूमध्ये उच्चतम रूमपा पुर्‍याउनका लागि एमाले बनेको बताए।

नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले काम गरिरहेको भन्दै उनले परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न नेता कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए।

उनले भने, ‘परिस्थितिमा परिवर्तन ल्याउने गरी नै यहाँबाट फर्किएर गएर यसलाई व्यावहारिक, मूर्तरूप दिने काम गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। हाम्रो पार्टी जन्मैदेखि एउटा महान् उद्देश्य काँधमा बोकेर जन्मिएको पार्टी हो। यो राजनीति गर्न बनेको पार्टी होइन। यो देश बनाउन बनेको पार्टी हो। देशमा परिवर्तन ल्याउन, सकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिष्कृत रूपहरूमध्ये उच्चतमरूमपा पुर्‍याउनका लागि यो पार्टी बनेको हो। जहाँ जनता अधिकार सम्पन्न हुन्। गरिबी हुनुभएन। गरिबी निवारण हुनुपर्‍यो। खान-लगाउन जनाले पाउनुपर्‍यो। मुख्य अधिकार त त्यो हो नि। बाँच्न पाउने अधिकार मुख्य कुरा हो। जनताले सजिलोसँग बाँच्न पाउनुपर्‍यो। बाँच्नका लागि खान, लगाउन, बस्न पाउनुपर्‍यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad