खेल


कुशलको कप्तानी पारीसामु प्रभावहीन बनेको निशमको विस्फोटक ब्याटिङ (तस्बिरहरू)

कुशलको कप्तानी पारीसामु प्रभावहीन बनेको निशमको विस्फोटक ब्याटिङ (तस्बिरहरू)

सरोज नेपाल
मंसिर २९, २०८१ शनिबार १७:४१, काठमाडौँ

जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले जबर्जस्त जित निकालेको छ। नेपाल प्रिमियर लिगकै बलियो टोलीविरुद्ध चितवनले ३२ रनको जित निकालेको हो। 

चितवनका लागि आज मार्की खेलाडी कुशल मल्लले कप्तानी पारी खेले। उनले ४१ बलमा ७२ रन हाने।

यता १८१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको जनकपुरका लागि जिम्मी निशमले २४ बलमा बनाएको ६५ रन बनाए पनि जित दिलाउन सकेनन्।

चितवनकाे यो जितले थप २ टोली पोखरा एभेन्जर्स र विराटनगर किंग्सको प्लेअफ सम्भावना सकिएको छ भने प्लेअफ होड अझै रोचक बनेको छ। चितवनले जनकपुरलाई हराउँदा पोखरा एभेन्जर्स र विराटनगर किंग्स पनि लिगबाट बाहिरिएका छन्। काठमान्डुको भने सम्भावना कायमै छ।

अब चितवनसँगै काठमान्डु गुर्खाज, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्समध्ये एक टोली प्लेअफ होडबाट बाहिरिनेछ। 

चितवनले सबै ७ खेलबाट ८ अंक जोडेको छ। ५ खेल खेलेको सुदूरपश्चिम र ६ खेल खेलेको कर्णाली याक्सको पनि ८ अंक छ। काठमान्डुको भने ६ खेलबाट ६ अंक छ। त्यसकारण अबको खेल जित्नु त पर्ने नै छ, यसबाहेक अन्य टोलीको नतिजामा समेत भर पर्नेछ। 

यता आजको हारका बाबजुद जनकपुर बोल्ट्स ७ खेलबाट १० अंक बटुल्दै यसअघि नै प्लेअफमा सुरक्षित भइसकेको छ। जितको खोजीमा रहेको चितवनले आज टस जितेर ब्याटिङ रोजेको थियो। 

तस्बिरमा हेर्नुहोस चितवन र जनकपुरको खेल

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad