राजनीति


प्रधान सेनापतिद्वारा इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटको दलेल कवाज निरीक्षण

प्रधान सेनापतिद्वारा इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटको दलेल कवाज निरीक्षण

नेपालखबर
मंसिर २९, २०८१ शनिबार १७:२०, काठमाडौँ

मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देल आज (मंसिर २९ गते) भारतको देहरादुनस्थित  इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भएका छन्।

सो अवसरमा उनले अधिकृत क्याडेटहरूद्वारा प्रदर्शन गरिएको अन्तिम दलेल कवाजको निरीक्षण तथा अवलोकन गरे। कार्यक्रममा उनले नवनियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुका साथै उनीहरूसँग अन्तरक्रिया समेत गरेका थिए।

नेपाली सेनाले विसं २०१० सालदेखि इन्डियन मिलिटरी एकेडेमीमा आफ्ना अधिकृत क्याडेटहरूलाई तालिममा सहभागी गराउँदै आइरहेको छ। हालसम्म उक्त एकेडेमीबाट दुईसय भन्दा बढी नेपाली सेनाका अधिकृत क्याडेटहरू दीक्षित भइसकेका छन्।

बाह्र देशका अधिकृत क्याडेटहरू तालिमरत उक्त एकेडेमीमा हाल नेपाली सेनाबाट ६ जना अधिकृत क्याडेटहरू तालिमरत रहेका छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad