खेल


चितवनलाई विराटनगरले दियो १८२ रनको चुनौती

चितवनलाई विराटनगरले दियो १८२ रनको चुनौती

नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार १४:४१, काठमाडौँ

नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई विराटनगर किङ्सले १८२ रनको चुनौती दिएको छ। 

बसिर अहमदको विष्फोटक ब्याटिङमा विराटनगर किंग्सले १८१ रन बनाएको हो। जारी नेपाल प्रिमियर लिगमा यो तेस्रो ठूलो लक्ष्य प्रस्तुत हो। 

यसअघि विराटनगरविरुद्ध लुम्बिनीले १९२ र सुदूरपश्चमले विराटनगरलाई नै १८३ रनको लक्ष्य दिएको थियो ।

शुक्रबारको दोस्रो खेलमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रनको योगफल तयार पारेको हो। 

सुरुमै ४ विकेट गुमाएपछि ब्याटिङमा आएका बसिर अहमदले बनाएको ६८ रन नै विराटनगरका लागि सर्वाधिक रह्यो। उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। 

उनले ३९ बलमा अर्धशतक पूरा गरेका थिए। 

पाचौँ विकेटका लागि मार्टिन गप्टिल र बसिर अहमदले ६५ रनको साझेदारी गर्दै विराटनगरको इनिङस् उकासेका थिए। 

विराटनगर एक समय ६.२ ओभरमा ४–३३ को अवस्थामा थियो। 

ओपनर मार्टिल गप्टील ४५ रन बनाउँदै पेभेलियन फर्के। ३५ बलमा १ चौका र ४ छक्का प्रहार गरेका गप्टिल कुशल मल्लको बलमा बोल्ड आउट भए। 

चितवनविरुद्ध विराटनगरका गप्टील र बसिरसँगै राजेश पुलामी मात्र चम्किए। राजेश ३३ रन र बसिर ६८ रनमा नटआउट रहे। राजेशले एक चौका र तीन छक्का प्रहार गरे। 

लोकेश बम र स्कट इडवार्ड शुन्य रनमा नै आउट भए। रिजन ढकालको बलमा ४ रन बनाउँदा दिपक बोहोरा पनि बोल्ड हुन पुगे। 

निकोलस किर्तोन ८ रन बनाउँदा बसिर हमिदको बलमा एल्बीडब्लु धरापमा परे।

चितवनका लागि रिजन ढकालले दुई विकेट लिए। सोहेल तनविर, बसिर हकिद र कुशल मल्लले समान एक विकेट हात पारे। 

हाजको खेल जिते चितवनको प्लेअफ सम्भावना बढ्ने छ। तर विराटनगरले जिते चितवनको पनि सम्भावना कमजोर हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad