ग्लोबल


म्यानमारी सेनाको हातबाट फुत्कियो बंगलादेशसँगको २७० किमि लामो सीमा क्षेत्र

म्यानमारी सेनाको हातबाट फुत्कियो बंगलादेशसँगको २७० किमि लामो सीमा क्षेत्र

नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार १५:१८,

बंगलादेशसँग सीमा जोडिएको म्यानमारको रखाइन क्षेत्रको नियन्त्रण त्यहाँको सैन्य सरकारले गुमाएको छ। 

त्यहाँ रहेको अन्तिम सरकारी सुरक्षा शिविरका सीमा रक्षक प्रहरीले विद्रोही सामु आत्मसमर्पण गरेका छन्।

विद्रोही समूह अराकान आर्मीले सो शिविरलाई घेराबन्दी गरिरहेको थियो। भीषण लडाइँमा धेरैको ज्यान गएको बताइएको छ। 

‘उनीहरुले शिविरवरिपरि गहिरो खाल्डा खनेका थिए, जहाँ तिखा काँडा ओछ्याइएका थिए,’ विद्रोहीहरुले भनेका छन्, ‘भवनलाई सुरक्षित गर्न बंक खनिएको थियो। हजारभन्दा बढी विद्युतीय धराप थापिएका थिए। हाम्रा थुप्रै लडाकुले हातगोडा गुमाए, कयौँको ज्यान गयो।’

२०२१ मा सैन्य कू गरेर सत्ता हत्याएका जर्नेल मिन आङ लाइङका लागि यो अर्को नमिठो पराजय हो। 

पहिलोपटक म्यानमारसँगको २७० किमि लामो सीमाको सम्पूर्ण नियन्त्रण सरकारले गुमाएको छ। यो सम्पूर्ण क्षेत्र अब अराकान आर्मीको कब्जामा छ।

रखाइन राज्यको राजधानी मात्र अब सेनाको हातमा छ। 

पछिल्लो लडाइँमा ४५० भन्दा बढी सैनिकको मृत्यु भएको विद्रोहीले जनाएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad