खेल


चलेन काठमान्डुको ब्याटिङ, लुम्बिनीले पायो १०४ रनको सामान्य लक्ष्य

चलेन काठमान्डुको ब्याटिङ, लुम्बिनीले पायो १०४ रनको सामान्य लक्ष्य

नेपालखबर
मंसिर २६, २०८१ बुधबार १४:२७, काठमाडौँ

नेपाल प्रिमियर लिगअन्तर्गत अहिले भइरहेको खेलमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सलाई जितका लागि १०४ रनको लक्ष्य दिएको छ। 

त्रिभुवन विश्वविद्यालय मैदानमा जारी खेलमा ब्याटिङ नचलेपछि काठमान्डु सस्तैमा समेटिएको हो। काठमान्डु १०३ रनमै अलआउट भएको हो। 

काठमान्डुका लागि स्टेफेन एस्किनाजीले १३, माइकेल लेविट ०, जेरार्ड इरासमस १, सुमित महर्जन ४, डान डाउथवेट २१, रशिद खान १, करण केसीले १ रन जोडे। 

काठमान्डुका लागि भीम सार्कीले ३१ रन बनाए। यो नै काठमान्डुको सर्वाधिक स्कोर हो। ४० बल खेलेका उनी अभिशेष गौतमको बलमा अर्जुन साउदको स्टम्पिङमा परे।

काठमान्डुका साहव आलमले ५ बलमा ८ रन बनाए भने प्रतीक श्रेष्ठले १४ बलमा २० रन बनाए। दीपेश कँडेल शून्य रनमा नटआउट रहेपछि लुम्बिनीले १०४ रनको सामान्य लक्ष्य पाएको हो। 

काठमान्डुलाई सस्तैमा समेट्न लुम्बिनीका बलरले कसिलो बलिङ गरे। 

लुम्बिनीका साद बिन जफरले ३, रेमन साइमन्ड र अभिशेष गौतमले समान २ विकेट लिँदा सूर्य तामाङ र विवेक यादवको नाममा १÷१ विकेट रह्यो। २ ओभर बलिङ गरेका कप्तान रोहित भने विकेटविहीन रहे। 

लुम्बिनीले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad