कारोबार


चर्चा कमाउनका लागि मात्रै निर्णय नगरौँः अध्यक्ष ढकाल

चर्चा कमाउनका लागि मात्रै निर्णय नगरौँः अध्यक्ष ढकाल

फाइल तस्बिर


नेपालखबर
मंसिर २६, २०८१ बुधबार १४:३८, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चर्चा कमाउनका लागि निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले चर्चाका लागि गरिने निर्णयले क्षणिक फाइदा मात्रै हुने र नतिजा आउन नसक्ने भन्दै वास्तविकतामा टेकेर गर्न सुझाएका छन्।

वैदेशिक रोजगारीमा फ्री भिसा, फ्री टिकटको नारा चर्चा कमाउनका लागि मात्रै लगाइएको उनको भनाइ थियो।

उनले भने, ‘मैले वैदेशिक रोजगारीको कुरा गर्न चाहेँ। फ्री भिसा, फ्री टिकट भनिएको छ। यो भनेर मात्रै हुँदैन। मेरो आग्रह के हो भने कहिलेकाहीँ पपुलर नाराको लागि हामीले वास्तविक अवस्थाभन्दा पनि फरक प्रकृतिको डिसिजन गरिरहेका छौँ। म मन्त्रीज्यूलाई के आग्रह गर्न चाहन्छु भने पपुलर डिसिजनभन्दा पनि रियल डिसिजन राम्रो हुन्छ। त्यसबाट रिजल्ट आउने हिसाबको डिसिजन गर्नुपर्छ भन्ने मलाई लाग्छ। यो किन भनेको भने फ्री टिकट, फ्री भिसा भनेको छ। त्यो फ्री टिकट, फ्री भिसा त हामी नेपालीको मात्रै त होइन नि। बंगलादेश, पाकिस्तान पनि छ। हामीले यहाँ फ्रीमा पठाउने भनेर त्यो कति सान्दर्भिक हुन्छ?’

सरकारबाट दिइने तालिमहरूले सीपयुक्त जनशक्ति तयार हुनुपर्ने ढकालको धारणा थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad