यू-१९ एसिया कपको उपाधि बंगलादेशले उचालेको छ। फाइनल खेलमा बंगलादेशले भारतलाई हराएको हो।
दुबई अन्तर्राष्ट्रिय रंगशालामा आइतबार भएको फाइनलमा बंगलादेशले भारतलाई ५९ रनले हराएको हो।
खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।
पहिले ब्याटिङ गरेको बंगलादेशले आठ विकेट गुमाएर १९८ रन मात्र बनाएको थियो।
बंगलादेशका लागि मोहम्मद रिजान हुसेनले सर्वाधिक ४७ रन बनाए।
भारतका लागि युद्धजित गुप्ता, चेतन शर्मा र हार्दिक राजले समान २–२ विकेट लिए।
१९९ रनको सानो लक्ष्य पछ्याएको भारतीय टोलीको ब्याटिङ निकै कमजोर रह्यो।
कुनै पनि भारतीय ब्याट्सम्यान क्रिजमा बसेर खेल्न सकेनन्। कप्तान मोहम्मद अमानले सर्वाधिक २६ रन बनाए ।
बंगलादेशका लागि इक्बाल हुसेन इमानले ३ तथा कप्तान मोहम्मद अजिजुल हाकिम तमिमले ३ विकेट लिए।
Shares

प्रतिक्रिया