कारोबार


एनसेल फाउन्डेसन, साथी र जोन्टा क्लबद्वारा लैंगिक हिंसा अन्त्यका लागि ‘ओरेन्ज द स्कूल’ अभियान

एनसेल फाउन्डेसन, साथी र जोन्टा क्लबद्वारा लैंगिक हिंसा अन्त्यका लागि ‘ओरेन्ज द स्कूल’ अभियान

नेपालखबर
मंसिर २३, २०८१ आइतबार २०:६, काठमाडौँ

एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैंगिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओरेन्ज द स्कूल’ अभियान संचालन गरिहेका छन्। यो अभियान लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र ग्लोबल जोन्टा ‘सेज नो’ अभियान अन्तर्गत आयोजा गरिएको कार्यक्रमहरु मध्ये एक हो। यस अभियानअन्तर्गत हालसम्म १० विद्यालयमा करिब १,५०० विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सहभागी गराइसकिएको छ।

यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी र शिक्षकहरूलाई लैङ्गिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसी जस्ता जान्नै पर्ने विषयहरुमा जानकारी दिने र सुरक्षित तथा समान वातावरणको प्रवर्धन गर्न कदम चाल्नुको महत्वबारे सचेतना जगाउने रहेको छ।

जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष बिना रानाले भनिन्, ‘लैङ्गिक हिंसा विश्वव्यापी संकट हो, जसले आधारभूत मानव अधिकारको उल्लङ्घन गर्छ र लैङ्गिक समानतामा प्रगतिलाई रोक्छ। गरिबी, भेदभाव र जलवायु परिवर्तन जस्ता कारणहरूले महिला र केटीहरूलाई जोखिम बढाउँछन्। ‘ओरेन्ज द स्कूल’ अभियानले विद्यालयमा यी मुद्दाहरूबारे चेतना जगाउने र सामूहिक प्रयासबाट सुरक्षित समुदाय निर्माण गर्न प्रेरणा दिने उद्देश्य राखेको छ। युवाहरूलाई सशक्त बनाउँदै मौनता तोड्न र हिंसामुक्त भविष्य निर्माण गर्न शिक्षित बनाउनु अत्यन्त महत्वपूर्ण छ।’  

एनसलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले यसै कार्यक्रमको बारेमा आफ्नो धारणा व्यक्त गर्दै भनिन् ‘ओरेन्ज द स्कूल अभियानले लैङ्गिक हिंसाविरुद्धको अभियानको माध्यमबाट विद्यालय स्तरमै सचेतना र छलफलको महत्वलाई उजागर गर्न मद्दत पुर्‍याएको छ।  युवा पुस्तामा सुरुवातमै सही जानकारी र समानताका मूल्यहरू स्थापित गर्न सकेमा हिंसामुक्त समाज निर्माण गर्न सकिन्छ। अहिलेको बदलिदो अवस्था र प्रविधिको पहुँचले गर्दा भल्नरेबल सेगमेन्टमा पर्न जाने नकारात्मक असरको न्यूनिकरणकालागि साइबर सुरक्षा र डेटा प्राइभेसी जस्ता अत्यन्त आवश्यक विषयलाई विद्यार्थीहरुमाझ लानका लागि यस अभियानको हिस्सा बन्न पाएकोमा हामी खुसी छौं र हामीलाई विश्वास छ हाम्रो सामूहिक प्रयासले दिगो प्रभाव पार्नेछ।’

यस अभियानको दौरान बालविवाह, साइबर सुरक्षा र घरेलु हिंसाबारे छलफल, भिडियो प्रदर्शन र अन्तरक्रियात्मक सत्रहरू विद्यालयहरूमा सञ्चालन भइरहेका छन्। यसले विद्यार्थी र शिक्षकहरूलाई यी विषयमा बुझाइ र वकालत गर्न सक्षम बनाउने प्रयास गरेको छ।

जोन्टा क्लब अफ काठमाडौंको महिला हिंसा विरुद्धको समितिकी अध्यक्ष श्रीयुक्ता थपलियाले भनिन्, ‘यो अभियानले जोन्टा क्लब काठमाडौं, साथी संस्था र एनसेल फाउन्डेसनको साझेदारीमा स्रोत र विशेषज्ञताको संयोजन गर्दै प्रभावलाई अधिकतम बनाउन सहयोग पुर्‍याएको छ। सहभागी विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरूप्रति उनीहरूको उत्साह र समर्थनका लागि हामी आभारी छौं। सामूहिक प्रयासले हामीले मौनता तोड्न, परिवर्तनलाई प्रेरित गर्न र महिला तथा बालबालिकाले सुरक्षित वातावरणमा जीवन बिताउन सक्ने भविष्य निर्माण गर्न मद्दत पुर्‍याउँछ।’

२६ नोभेम्बर देखि १० डिसेम्बरसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत काठमाडौं उपत्यकाका सरकारी तथा निजी विद्यालयहरूमा जनसचेतनामुलक कार्यक्रमहरू सञ्चालन भईरहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad