खेल


लुम्बिनीले चौथो पराजय भोगेको त्यो अन्तिम ओभर

लुम्बिनीले चौथो पराजय भोगेको त्यो अन्तिम ओभर

नेपालखबर
मंसिर २३, २०८१ आइतबार १२:४०, काठमाडौँ

लुम्बिनी लायन्सले जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार चौथो हार व्यहोरेको छ। 

आज भएको खेलमा अन्तिम ओभरसम्म जितको सम्भावनाका बाबजुद लुम्बिनी जनकपुर बोल्ट्ससँग हारेको हो। 

जनकपुर बोल्ट्सले अन्तिम ओभर बलिङको जिम्मा हर्स ठाकरलाई दियो। २०औँ ओभरमा आइपुग्दा लुम्बिनी ६ विकेट गुमाएर १२८ रनको स्थितिमा थियो।

तर पहिलो बलमा नै साद बिन जफर आउट हुनपुगे।  

त्यसपछि क्रिजमा आएका दुर्गेश गुप्ताले दोस्रो बलमा चौका हानेर जितको सम्भावना कायमै राखे पनि तेस्रो बल डट खेले र चौथो बलमा १ रन लिए। पाँचौँ बलमा सन्दिप जोराले २ रन थपे। 

अन्तिम बलमा २ रन निकालेको भए लुम्बिनीले पहिलो जित चाख्ने थियो तर जोरा क्याचआउट हुनपुगे र जनकपुर विजयी हुनपुग्यो। 

त्यसअघि आशुतोष घिरैया ८ रन, अर्जुन साउद २० रन, रोहित पौडेल ३५ रन, टम मुर्स ३१ रन, बेन कटिङ ३ रन र विवेक यादव शून्य रनमा आउट भएका थिए। 

एनपीएलको चार खेल खेल्दा जितविहीन हुने लुम्बिनी एक्लो टोली हो। लुम्बिनीले अब एनपीएलमा तीन खेल खेल्न बाँकी छ। बाँकीका तीन खेलमा जित निकाले पनि लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad