खेल


ओपनर सैफ जैबको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

ओपनर सैफ जैबको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

लुम्बिनीविरुद्ध जारी खेलमा सुदूरपश्चिमका ओपनर सैफ जैब। तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर २२, २०८१ शनिबार १०:४५, काठमाडौँ

ओपनर सैफ जैबको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी पहिलो खेलमा लुम्बिनी लायन्ससामु जितका लागि १ सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको  सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८७ रनको योगफल तयार पारेको हो।

सुदूरपश्चिमका लागि ओपन सैफ जैबले सर्वाधिक ९० रनको योगदान दिए। शतकनजिक पुगेका जैब रामोन सिमोन्डको बलमा उन्मुक्त चन्दको हातबाट क्याच आउट हुन पुगे। उनले ६० बलमा ६ चौका र ५ छक्का प्रहार गरे।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ र स्कट कुग्लेजिन ११ रनमा अविजित रहे।

त्यसअघि ब्रान्डोन म्याक मुलेन २३ रन बनाउँदा क्याच आउट भए। २० बलमा १ चौका र १ छक्का हानेका मुलेन विवेक यादवको बलमा क्याच आउट हुन पुगे।

६.३ ओभरमा १३ बलमा २ चौका बनाएका ओपनर विनोद भण्डारी १७ रन बनाउँदा रोहित पौडेलको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे। 

आरिफ शेख शून्य रनमै सिमोन्डको बलमा सादविन जफरको हातबाट क्याच आउट भए। 

लुम्बिनीका रामोनले दुई विकेट लिए। रोहित पौडेल र विवेक यादवले समान एक विकेट लिए। 

अब लुम्बिनीले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad