खेल


लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १४:३३, काठमाडौँ

कप्तान रोहित पौडेलको विष्फोटक ब्याटिङमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्ससामु जितका लागि १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको हो। 

चौथो विकेटका लागि कप्तान रोहित र टम मोरिसले १ सय १० रनको साझेदारी गरे। 

कप्तान रोहित ९५ रनमा रनआउट भए। विवेक यादव २ रनमा नटआउट रहे। 

कप्तान रोहितले बनाएको ९५ रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो। उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे।

योसँगै रोहित जारी एनपीएलमा सर्वाधिक व्यक्तीगत स्कोर बनाउने पहिलो खेलाडी बनेका छन्। 

यसअघि जनकपुरलका लाहिरु मिलान्थाले ७५ रनको व्यक्तिगत स्कोर बनाएका थिए। 

टोम ४५ रन बनाउँदै रन आउट भए। उनले ३८ बलमा २ चौका र २ छक्का प्रहार गरे। 

लुम्बिनीका ओपनर आशुतोष घिरैया र उन्मुक्त चन्द शुन्य रनमा नै विपिन खत्रीको बलमा आउट भए। 

सन्दीप जोरा १८ रन बनाउँदा एलबीडब्लु धरापमा परे। 

पोखराका लागि विपिन खत्रीले २ तथा म्याथ क्रिट्लेले एक विकेट आफ्नो नाममा गरे। 

पोखराले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad