खेल


सुदूरपश्चिमले काठमान्डुलाई दियो १६८ रनको लक्ष्य

सुदूरपश्चिमले काठमान्डुलाई दियो १६८ रनको लक्ष्य

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १४:४१, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा काठमान्डु गुर्खाजसामु सुदूरपश्चिम रोयल्सले जितका लागि १ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डु गुर्खाजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रनको योगफल तयार पारेको हो।

दोस्रो विकेटका लागि ओपनर विनोद भण्डारी र ब्रान्डोन म्याकमुलेनले ८६ रनको साझेदारी गरे। म्याकमुलेन ५३ रनमा गेहार्ड इरासमसको बलमा साहब आलमको हातबाट क्याच आउट हुन पुगे। म्याकमुलेनले ३१ बलमा ३ चौका र ४ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। 

ओपनर भण्डारी ३५ रन बनाउँदा साहब आलमको बलमा एलबीडब्लु धरापमा परे। 

कप्तान दीपेन्द्रसिंह ऐरी ४३ रन बनाउँदै पेलेलियन फर्के। २५ बलमा ३ चौका र २ छक्का हानेका दीपेन्द्र करण केसीको बलमा माइकल लेविटको हातबाट क्याच आउट भए। 

अर्का ओपनर जैब खान ११ रन बनाउँदा रासिद खानको बलमा बोल्ड आउट भए। रोहन मुस्ताफा ५ रन बनाउँदा रासिदकै बलमा बोल्ड आउट भए। आरिफ शेख ३ रन बनाउँदा रनआउट हुन पुगे।

स्कट कुगलेइन ७ र ईशान पाण्डे १ रनमा अविजित रहे। 

काठमान्डुका लागि रासिद खानले दुई विकेट लिए। करण केसी, साहब आलम र जेहार्ड इरासमसले समान एक विकेट झारे। 

काठमान्डुले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad