त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी नेपाल प्रिमयर लिगको आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो।
योसँगै लगातार ३ जितपछि लिग तालिकामा ६ अंकसहित पहिलो स्थानमा पुगेको छ। जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराएको थियो। दोस्रो खेलमा भने कर्णाली याक्सलाई ८ विकेटले नै हराएको थियो।
यता पोखराको यो दोस्रो हार हो। पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो।
जितविहीन पोखरा शून्य अंकसहित सातौँ स्थानमा छ।
तस्बिरमा जनकपुर र पोखराको खेल



























24
Shares

प्रतिक्रिया