समाज


स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, अर्का युवक घाइते

स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, अर्का युवक घाइते

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १०:५६, कञ्चनपुर

कैलालीमा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा जोशीपुर गाउँपालिका-७ का ३० वर्षीय एकतन चौधरी छन्। 

लम्कीचुहा नगरपालिका-१० चुहामा स्थानीय सनराइज स्कुलको मप.०३-००१ क २९४१ नम्बरको सनराइज स्कुलको बसले से ३ प ४७९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

दुर्घटनामा गम्भीर घाइते चौधरीका चौधरीले उपचारको क्रममा टीकापुर अस्पतालमा बुधबार राति मृत्यु भएको हो। 

मोटरसाइकलको पछाडि सवार लम्कीचुहा नगरपालिका-६ पिपरकोटीका २४ वर्षीय  विक्रम चौधरी घाइते भएका छन्। 

बस चालक घोडाघोडी नगरपालिका-२ का ४० वर्षीय भागिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad