कर्णाली याक्सका कप्तान सोमपाल कामीले लगातार दुई हारपछि दबाबभन्दा पनि कमब्याक गर्न जिम्मेवारी बढेको बताएका छन्।
काठमाडौँ गोर्खाजसँग बुधबार पराजित भएपछि सोमपालले अब कसरी कमब्याक गर्ने र खेल जित्ने भन्ने जिम्मेवारी बढेको प्रतिक्रिया दिए।
हारको टर्निङ पोइन्ट नै डेथ ओभरमा राम्रो गर्न नसक्नु र २० रन जति कम भएको सोमपालको ठहर छ। १५० रन जतिको लक्ष्य सहज देखिएको पनि उनले बताए।
उनले अब बलिङ र फिल्डिङमा सुधार गर्न सके खेल जित्ने विश्वास व्यक्त गरे। सोमपालले आफ्ना खेलाडीलाई नकराउन शिखर धवनबाट सुझाव आउने गरेको पनि उल्लेख गरे।
अघिल्लो दिन शिखरले अन्तिमसम्म ब्याटिङ गर्छु भनेको र सोहीअनुरूप पनि खेलेको सोमपालले बताए।
उनले अन्य क्रिकेटरलाई शिखरले सोहीअनुरूप खेल्न सिकाउने गरेको बताएका छन्।
काठमाडौँका कप्तान करणले बलिङमा सुरुवात राम्रो भएपनि बीचमा केही कमजोरी भएको बताए।
ब्याटिङमा पनि सुमित महर्जनमाथि आफूलाई विश्वास रहेको र सोहीअनुरूप उनले राम्रो खेलेको करणको भनाई छ।
उनले चौकाभन्दा पनि छक्का हान्न नै आफू अग्रसर हुने भएकाले अन्तिममा आउट हुन पुगेको उल्लेख गरे।
कप्तान करणले आफ्नो टोलीमा बलिङ र ब्याटिङ दुवैमा राम्रो खेलाडी रहेको बताए। ट्रफी जित्ने लक्ष्यसहित आफ्नो टोलीले खेल्ने करणको भनाई छ।
Shares

प्रतिक्रिया