नेपाल प्रिमियर लिग (एनपीएल) मा चार विकेट गुमाएसँगै कर्णाली याक्स दबाबमा आएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर वाल्ट्सविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको कर्णालीले आठौँ ओभरको खेल जारी रहँदा ४ विकेट गुमाएर ३५ रन बनाएर खेलिरहेको छ।
१४ बलमा १४ रन बनाएका शिखर धवन पाचौँ ओभरको दोस्रो बलमा हर्ष ठाकेरको बलमा बोल्ड आउट भए। ओपनर देव खनाल १ रन बनाएर आउट भए। जनकपुरका ललित राजवंशीले दोस्रो ओभरको दोस्रो बलमा देवलाई बोल्ड आउट गरे।
जिसन मक्सुद शुन्य रनमा नै जेम्स निसमको बलमा एलबीडब्लु धरापमा परे।
चाडविक वाल्टन १ रनमा मोहम्मद मोहसिनको बलमा एलबीडब्लु आउट भए।
क्रिजमा बाबर १ रनमा अविजिट छन्। अहिले गुल्सन झा क्रिजमा गएका छन्।
225
Shares

प्रतिक्रिया