नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले दोस्रो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको काठमाडौँले चौथो ओभरको खेल जारी रहँदा दुई विकेट गुमाएको हो।
चौथो ओभरको चौथो बलमा माइकल लेभिट २५ रन बनाउँदा क्याच आउट हुन पुगे। त्यसअघि दोस्रो ओभरको पहिलो बलमा अोपनर स्टेफेन इस्कीनाजी २ रन बनाउँदा सोहेल नतविरको बलमा अमर राउटेलाको हातबाट क्याच आउट भए। योसँगै काठमाडौँले दुवै ओपनरलाई गुमाएको छ।
चितवनलाई तनविरले लगातार दोस्रो सफलता दिलाएका हुन्।
क्रिजमा सुमित महर्जन १ रनमा नटआउट छन्। अहिले जेहार्ड इरासमस त्रिजमा आएका छन्।
21
Shares

प्रतिक्रिया