नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज भिड्दै छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ।
एनपीएलको दोस्रो खेल खेल्न लागेको काठमाडौँ र चितवन दुवै टोलीका सुखद सुरुवात गर्ने योजनामा छन्।
एनपीएलका लागि काठमाडौंले एक महिनादेखि अभ्यास गरिरहेको छ। काठमाडौँ राष्ट्रिय टोलीका अलराउन्डर करण केसीको कप्तानीमा मैदान उत्रिने छ। काठमाडौंका मार्की खेलाडी रहेका करण टोलीको कप्तानी जिम्मेवारी पनि निर्वाह गर्दै छन्।
काठमाडौंले एनपीएलका लागि नेदरल्यान्ड्सका ब्याटर माइकल लेविट, नामिबियाका कप्तान मर्वी जेरार्ड इरसमस, इंग्लिस क्रिकेटरहरु स्टेफन इस्किनाजी, नाथन सावटर र ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ।
उता कुशल मल्लको नेतृत्वमा रहेको चितवन पनि घरेलु मैदानमा एक साता अभ्यास गरेर काठमाडौँ आएको हो। चितवनले मार्की खेलाडी कुशललाई नै कप्तानी जिम्मेवारी सुम्पेको हो।
चितवनमा कुशल मल्लसँगै रिजन ढकाल, विपिन रावल, रन्जित कुमार, सन्तोष कार्की, दिपेश श्रेष्ठ, गौतम केसी, अमरसिंह राउटेला, दिपक बोहरा, कमलसिंह ऐरी, शरद भेषवाकर, रहेका छन्। यस्तै ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल, लफ्टी इटन र रवि बोपारा विदेशी खेलाडीका रुपमा रहेका छन्।
एनपीएलअघि चितवनमा जोडिएका दक्षिण अफ्रिकाका मार्चन्ट डे लाग भने टोलीबाट बाहिरिएका छन्। अभ्यासका क्रममा घाइते भए पनि उनी एनपीएलबाट बाहिरिएका हुन्।
यस्तो छ एनपीएल खेल्ने काठमाडौं र चितवनको टोली
काठमाडौं गोर्खाजः करण केसी, भीम सार्की, शाहब आलम, दिपेश कँडेल, रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शंकर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ, विवेक केसी, जेरार्ड इरासमस, माइकल लेभिट, स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर
चितवन राइनोज: कुशल मल्ल, रिजन ढकाल, विपिन रावल, रन्जित कुमार, सन्तोष कार्की, दिपेश श्रेष्ठ, गौतम केसी, अमरसिंह राउटेला, दिपक बोहरा, कमलसिंह ऐरी, शरद भेषवाकर, ल्युक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लफ्टी इटन र रवि बोपारा
Shares

प्रतिक्रिया