विराटनगर किंग्सका मार्टिन गुप्टिल नेपाल प्रिमियर लिगमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन्।
नेपाल प्रिमियर लिग शनिबारदेखि सुरु भएको हो। जनकपुर बोल्ट्सविरुद्धको उद्घाटन खेलमा गुप्टिलले विराटनगरका लागि उनले ३६ बलमा ५० रन जोडेका थिए।
आफ्नो इनिङमा उनले विराटनगरका लागि कुल ४३ बलमा ५५ रन हानेका हुन्।
पहिलो खेल खेलिरहेको विराटनगरको इनिङमा यो नै सबैभन्दा धेरै रन बन्यो।
को हुन् गुप्टिल?
मार्टिन जेम्स गुप्टिल न्युजिल्यान्डका चर्चित खेलाडी हुन्। ३८ वर्षीय उनी दायाँहाते ब्याट्सम्यान हुन् भने राइट आर्म अफब्रेक बलिङ पनि गर्छन्।
विराटनगरका लागि उनी ओपनिङ ब्याटर हुन्। उनले आईपीएलदेखि अन्य धेरै विदेशी लिग खेलेका छन्।
टी२० अन्तर्राष्ट्रियमा गुप्टिलले ३ हजार ५ सय ३१ रनसहित सर्वाधिक रन बनाउनेमा पाँचौँ स्थानमा छन्। एक क्यालेन्डर वर्षमा धेरै रन बनाउनेमा उनी २५औँ खेलाडी पर्छन्।
आफ्नो करिअरमा उनले २२ अर्धशतक प्रहार गरी १०औँ यस्तो खेलाडी बनेका गुप्टिल लगातार इनिङमा ३ वटा अर्धशतक प्रहार गर्नेमा ११औँमा पर्छन्।
Shares

प्रतिक्रिया