खेल


शिखर धवन भन्छन्- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्न तयार छु

शिखर धवन भन्छन्- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्न तयार छु

नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार २२:५७, काठमाडौँ

कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका भारतीय स्टार  क्रिकेटर शिखर धवनले स्थानीय खेलाडीसँग खेल्न र उत्कृष्ट प्रदर्शन गर्न तयार भएको बताएका छन्।

कर्णाली याक्समा अनुबन्ध भएका धवन शुक्रबार साँझ नेपाल प्रिमियर लिग खेल्न काठमाडौँ आइपुगेका हुन् । उनलाई विमानस्थलमा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र सह-मालिक गृहेन्द्र घिमिरलेले स्वागत गरे।

‘नमस्ते नेपाल, नेपाल आएर निकै खुसी भएको छु। मलाई कर्णाली याक्सले निकै राम्रो स्वागत गरेको छ । कर्णाली याक्सबाट एनपिएल खेल्न उत्साहित छु,’ धवनले भने, ‘यहाँ आफ्नो अनुभव साट्नेछु। स्थानीय खेलाडीसँग खेल्ने र उत्कृष्ट प्रदर्शन गर्न तयार छु । नेपाली खेलाडीबारे जानकारी पनि लिन्छु।’

३८ वर्षीय बायाँहाते ओपनर धवनले भारतको राष्ट्रिय टोलीसँगै आइपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद र पञ्जाव किंंग्सबाट खेलेका छन्। उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीका रूपमा चिनिन्छन् । धवनले सन् २०१६ मा हैदरावादलाई आइपिएल जिताएका थिए । त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन् । उनी एनपीएल खेल्ने सबैभन्दा चर्चित नाम हुन्।

उनले नेपालमा रहँदा पशुपतिनाथ  मन्दिर दर्शन गर्ने तथा सगरमाथा चढ्न प्रयास गर्ने जानकारी गराए। आफूजस्ता खेलाडीबाट नेपालका नयाँ खेलाडीले अनुभव साट्ने बताएका छन्।

‘अनुभवी खेलाडी आएर नेपालमा खेल्नु नयाँ पुस्ता खेलाडीको लागि सुखद् रहेको छ। त्यसले फरक माहोल बन्नेछ र नयाँ खेलाडीको मनोबल बढाउने छ’, धवनले भने। 

उनले सन्यास लगत्तै नेपाल आएर खेल्न मौका मिलेको कारण जानकारी गराए। धवनले भने,  ‘संन्यास नलिँदासम्म बाहिर खेल्न अनुमती हुँदैन । मैले अहिलेसम्म नेपाल देखेको थिइन, हामीसँग नेपालका धेरै मान्छे छन्। भाषा पनि मिल्छ त्यसैले मौका मिलेसँगै नेपाल आएको हुँ।’

ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी कप्तान रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ। धवनसँगै वेस्टइन्डिजबाट टेस्ट खेलिसकेका चाडविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्वकप्तान जिसन मक्सुद कर्णाली याक्समा छन्।

टोलीमा नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेका सोमपालसँगै गुल्सन झा, देव खनालसहित नन्दन यादव छन्। ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन्।

‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन्। ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मा आइकोनिक प्लेयर्सका रूपमा छनोट भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad