ग्लोबल


रुसले ५०० भन्दा बढी सैनिकको शव पठायो: युक्रेन

रुसले ५०० भन्दा बढी सैनिकको शव पठायो: युक्रेन

नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार १८:३९, किएभ

युक्रेनले शुक्रबार रुसी अधिकारीहरूले लडाइँमा मारिएका युक्रेनी सैनिकहरूको ५०० भन्दा बढी शव फिर्ता गरेको र तीमध्ये अधिकांश पूर्वी डोनेट्स्क क्षेत्रमा मारिएको बताएको छ।

रुस र युक्रेनले द्वन्द्वको पहिलो महिनादेखि नै शव र युद्धबन्दीहरू साटासाट गर्दै आएका छन्। दुवै पक्षका क्षति उच्च मानिएका छन्। 

‘स्वदेश फिर्ता गर्ने गतिविधिको परिणामस्वरूप युक्रेनको सरकार नियन्त्रित क्षेत्रमा ५०२ वीर योद्धाका शवहरू फर्काइएका छन्’, किएभको युद्धबन्दी व्यवस्थापनको समन्वय मुख्यालयले सामाजिक सञ्जालमा भनेको छ।

लडाइँ सबैभन्दा तीव्र भएको युद्धग्रस्त डोनेट्स्क क्षेत्रबाट ३९७ शव फर्काइएको केन्द्रले बताएको छ।

चौबिस जना पूर्वी लुगान्स्क क्षेत्रबाट र ६४ जना दक्षिणी जापोरिजिया क्षेत्रबाट फर्केका छन् भने १७ जनालाई रुसी भूभागमा रहेको मुर्दाघरबाट फिर्ता पठाइएको छ।

‘अन्तर्राष्ट्रिय रेड क्रस समितिको सहयोगका लागि हामी कृतज्ञ छौँ’, किएभको केन्द्रले भनेको छ।

शवलाई फरेन्सिक मेडिकल जाँचका लागि लगिने र ‘विशेषज्ञ संस्थाहरूसँग मिलेर मृतकलाई सकेसम्म चाँडो पहिचान गरिने’ बताइएको छ।

रुसले आफ्ना शवहरू फर्काएको घोषणा गर्दैन। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad