खेल


टिकट नपाएका दर्शकलाई पारसको आग्रह : पासका लागि फोन नगर्नु, घरमै बसेर खेल हेर्नु

टिकट नपाएका दर्शकलाई पारसको आग्रह : पासका लागि फोन नगर्नु, घरमै बसेर खेल हेर्नु

नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार १४:४२, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलका लागि टिकट नभएका दर्शकलाई टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट खेल हेर्न आग्रह गरेका छन्।

सचिव खड्काले शुक्रबार सामाजिक सञ्जालमार्फत टिकट नभएका दर्शकलाई घरमा नै बसेर खेल हेर्नका लागि अनुरोध गरेका हुन्। साथै उनले शनिबारको खेल हेर्न पासका लागि फोन वा सन्देश नगर्न समेत अनुरोध गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्रिकेट संघ नेपाल (क्यान) ले आयोजना गरिरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो म्याचका टिकट र भिआईपी पासहरू सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौं। भोलिको खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नुहुन हार्दिक अनुरोध गर्दछौं। कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नुहुन हार्दिक अनुरोध गर्दछौं। बाँकी खेलहरूको लागि पनि अवसर हुनेछ। यहाँहरूको समर्थन निरन्तर रहोस्, र भविष्यमा पर्याप्त पूर्वाधारको साथ सबैलाई समेट्न सक्ने नेपाल क्रिकेट संघ बन्ने हाम्रो प्रयास जारी रहनेछ।’

एनपीएलको उद्घाटनका लागि क्यानले १० हजार टिकट बिक्री गरेको छ। ति सबै टिकट बुधबार नै बिक्री भइसकेका छन्।

उद्घाटन खेलका लागि भीआईपीतर्फ ८ सय टिकट बिक्री भएको छ। साधारणतर्फ भने ९ हजार २ सय टिकट बिक्री भएको छ।

क्यानले उद्घाटन खेलका लागि साधारणतर्फ ३ सय र भीआईपीतर्फ ७ सय रुपैयाँ टिकट दर तोकेको छ।

लिग खेलका लागि भने ३ सय र पाँच सय तथा प्लेअफ खेलका लागि ५ सय र ७ सय रुपैयाँ टिकट दर तोकेको छ। फाइनल खेलका लागि भने सर्वसाधारणले ५ सय र भीआईपीले १ हजार तिर्नुपर्ने छ।

दर्शकका आकर्षणका लागि क्यानले सिजनल पासमा २० प्रतिशत छुट गरी साधारणतर्फ ४ हजार ४ सय ८० रुपैयाँ राखेको छ। भीआईपीतर्फ ८ हजार २ सय ४० रुपैयाँ तोकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad