नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले प्रदीपजंग केसीलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
शुक्रबार जंगी अड्डामा आयोजित समारोहमा उनले केसीलाई रथीको दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
उनलाई मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले उपरथीबाट रथीमा बढुवा गर्ने निर्णय गरेको थियो।
रथीमा पदोन्नति भएसँगै केसी बलाध्यक्ष नियुक्त भएको नेपाली सेनाले जानकारी दिएको छ।
रथीमा बढुवा भएसँगै केसी २०८३ मंसिर १५ गतेसम्म सेवामा रहनेछन्। त्यसपछि उनी ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश हुनेछन्।
२०२५ मंसिर १६ गते जन्मिएका केसी २०४४ सालमा नेपाली सेनामा भर्ना भएका हुन्। २०७८ पुस ८ गते उपरथीमा बढुवा भएका थिए।
66
Shares

प्रतिक्रिया