एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले श्रीलंकाविरुद्ध पहिले फिल्डिङ थालेको छ। नेपालले टस जितेर फिल्डिङ रोजेको हो।
यूएईको सारजाह क्रिकेट स्टेडियममा बिहान पौने ११ बजे खेल सुरु भएको छ।
नेपाली टोली हेमन्त धामीको कप्तानी मानीमा मैदान उत्रिएको हो।
नेपाल गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष ३ मा रहेर एसिया कपका लागि छनोट भएको हो।
नेपाल रहेको समूह बीमा श्रीलंकासहित बंगलादेश र अफगानिस्तान छन्।
समूह एमा भारत, पाकिस्तान, जापान र आयोजक यूएई छन्।
आजै हुने उद्घाटन खेलमा समूह एका अफगानिस्तान र बंगलादेश भिडेका छन्।
नेपालले समूह चरणको दोस्रो खेल आइतबार बंगलादेशविरुद्ध खेल्नेछ।
मंगलबार हुने समूह चरणको अन्तिम खेलमा नेपाल अफगानिस्तानविरुद्ध मैदान उत्रनेछ।
समूह चरणका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल खेल डिसेम्बर ८ मा हुनेछ।
Shares

प्रतिक्रिया