हेटौँडा उपमहानगरपालिका-६, चौघडाबजारस्थित कान्तिलोकपथ सडक खण्डमा आज बिहान अटोले ठक्कर दिँदा पैदलयात्रीको ज्यान गएको छ।
हेटौँडा बजारबाट चुच्चेखोलातर्फ जाँदै गरेको ना २ ह २६९२ नम्बरको अटोले ठक्कर दिँदा हेटौँडा-६, शान्तिटोल निवासी ६८ वर्षीय जनक राईको मृत्यु भएको हो।
दुर्घटनामा राईको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।
प्रारम्भिक उपचारपछि उनलाई पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको थियो।
तर उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।
दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने अटो चालकलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाएको प्रवक्ता अर्यालले बताए।
24
Shares

प्रतिक्रिया