खेल


२०२० पछि पहिलोपटक आईपीएलमा हुने छैनन् बंगलादेशी क्रिकेटर

२०२० पछि पहिलोपटक आईपीएलमा हुने छैनन् बंगलादेशी क्रिकेटर

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १९:२, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा बंगलादेशका कुनै पनि क्रिकेटर सहभागी हुने छैनन्।

सन् २०२० पछि बंगलादेशका कुनै पनि क्रिकेटर आईपीएलमा सहभागी नहुने यो पहिलोपटक हो।

यसपटक १३ जना बंगलादेशी खेलाडी लिलामीका लागि उपलब्ध थिए तर तीमध्ये कसैको नाममा बोलकबोल भएन।

आईपीएलका लागि कुनै पनि बंगलादेशी खेलाडीको प्रस्ताव परेको छैन।

यस्तो अवस्थामा कतिपयले यसलाई दुई देशबीचको तनावसँग पनि जोडिरहेका छन्।

सामाजिक सञ्जालमा दक्षिणपन्थी विचारधारासँग सम्बन्धित केही व्यक्तिले यसलाई मोदी सरकारसँग जोडिरहेका छन्।

बीसीसीआई वा आईपीएलले बंगलादेशका खेलाडीहरूका लागि बोलपत्र नभएको विषयमा टिप्पणी गरेको छैन। तर बंगलादेश क्रिकेट बोर्डका अधिकारीले यो विषय दक्षतासँग सम्बन्धित रहेको बताएका छन्।

कतिपयले यसलाई आईसीसीका अध्यक्ष जय शाहको निर्णय भनेका छन् तर तिनले के आधारमा यस्तो भनिरहेका छन् भन्ने कुरा खुलाउन सकेका छैनन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad