खेल


विराटनगरबाट खेल्ने न्युजिल्यान्डका मार्टिन गुप्टिल काठमाडौँ आइपुगे

विराटनगरबाट खेल्ने न्युजिल्यान्डका मार्टिन गुप्टिल काठमाडौँ आइपुगे

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १५:४३, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किङ्समा अनुबन्ध भएका न्युजिल्यान्डका मार्टिन गुप्टिल काठमाडौँ आइपुगेका छन्। 

उनी बिहीबार दिउँसो काठमाडौँ आइपुगेको विराटनगरका टिम म्यानेजर विजयकुमार घितालले बताए। 

उद्घाटन खेल खेल्ने विराटनगर किङ्सका अझै तीन जना विदेशी खेलाडी आइपुग्न बाँकी छ। 

५ जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको विराटनरका क्याडियन खेलाडी  निकोलस किर्टोन बुधबार नेपाल आएका छन्। बाँकी तीन खेलाडी आज बेलुका आउने धितालले बताए। 

उनका अनुसार ओमानका अकिब इल्यास, स्कटल्यान्डका क्रिस सोल र आफगानिस्थानका इस्मत आलम बिहीबार रातिसम्ममा नेपाल आइसक्ने छन्। 

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले बिहीबार मुलपानी क्रिकेट मैदानमा पोखरासँग अभ्यास खेलिरहेको छ। 

टोलीमा प्रतिस जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दिपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ र अनिल खरेल विराटनगर किङ्सको टोलीमा समावेश छन्।

विराटनगरलाई आयरल्यान्डका केभिन ओब्रायनले प्रशिक्षण गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad