दक्षिण कोरियामा भारी हिमपातले जनजीवन प्रभावित भएको छ। बिहीबार लगातार दोस्रो दिन भारी हिमपात भएपछि दर्जनौँ उडान रद्द भएका छन्। डुंगा सेवा पनि रोकिएको छ।
हिमपातका कारण कम्तीमा चारजनाको मृत्यु भएको बताइएको छ।
राजधानी सोलमा बुधबार १६.१ सेन्टिमिटर हिउँ परेको थियो। नोभेम्बर महिनामा १९०७ यताकै यो ठूलो हिमपात मानिएको छ।
बिहीबार ४० सेन्टिमिटरसम्म हिउँ जमेपछि उडान तथा यात्र अवरुद्ध भएको हो।
सोलको मुख्य विमानस्थल इन्चोन सबैभन्दा बढी प्रभावित भएको छ। १४ प्रतिशत उडान डिले र १५ प्रतिशत रद्द भएको छ।
अधिकारीहरूका अनुसार बिहीबार १४२ उडान रद्द गरिएको छ भने ९९ सय फेरी पनि रोकिएको छ।
समुद्रको पानी सामान्यभन्दा बढी तातो हुन पुगेकाले नोभेम्बरमा यस्तो असामान्य हिमपात भएको बताइएको छ।
छिमेकी उत्तर कोरियामा पनि १० सेन्टिमिटरसम्म हिमपात भएको छ। एजेन्सी
Shares

प्रतिक्रिया