नेपाल प्रिमियर लिग खेल्न इङ्ल्यान्डका सेफ अलि जेल काठमाडौँ आइपुगेका छन्।
लिगका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका जेफ बुधबार साँझ काठमाडौँ आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा नेपाली ढाका टोपी लगाएर सुदूरपश्चिमका टिम व्यवस्थापकहरुले स्वागत गरेका छन्।
जेफ अलराउण्डर हुन्। उनले स्पिन बलिङ र बायाँहाते ब्याटिङ गर्छन्। उनले सन् २०१४ मा न्युजिल्यान्ड ए क्रिकेट टोलीविरुद्ध इङ्ल्यान्ड ए बाट खेलेका थिए। त्यही अगस्टमा उनले पहिलो श्रेणीको टोलीबाट खेले।
सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दिपेन्द्र सिंह ऐरी छन्। मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा हुन्।
सेफ अलि जेबबाहेक विदेशी खेलाडीमा ब्रान्डन मक्मलेन ९स्कटल्यान्ड०, स्कट कुगेलेइन ९न्युजिल्याण्ड० र रोहन मुस्तफा (यूएई) लाई टिममा समावेश गरेको छ।
त्यस्तै आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो।
ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ। अर्जुन र नरेन भने हाल यू १९ टोलीमा गएका छन्।
Shares

प्रतिक्रिया