अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘बी ’ डिभिजन लिग यही माघ १३ बाट सुरु गर्ने भएको छ।
एन्फा पदाधिकारी र ‘बी’ डिभिजन क्लबका पदाधिकारीहरु बीच बिहीवार भएको छलफलले माघ १३ गतेबाट लिग सुरु गर्ने निर्णय गरेको हो।
एन्फा प्रवक्ता सुरेश शाहका अनुसार लिगका केही खेल दशरथ रंगशाला र बाँकी खेलहरू एन्फा कम्प्लेक्स सातदोबाटोमा संचालन हुनेछन्।
एन्फाले क्लब र खेलाडी दर्ता तथा क्लब लाइसेन्सिङ्ग लगायतका कामका लागि समय अवधि समेत तोकिदिएको छ।

24
Shares

प्रतिक्रिया