खेल


अर्जेन्टिना र केपभर्डबिचको खेल अतिरिक्त समयमा

अर्जेन्टिना र केपभर्डबिचको खेल अतिरिक्त समयमा

नेपालखबर
असार २०, २०८३ शनिबार ५:५३, काठमाडौँ

फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी अर्जेन्टिना र केप भर्डबिचको खेल अतिरिक्त समयमा गएको छ। 

निर्धारित सयमयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको हो। 

केपभर्डका डेरोय डुआर्टेले ५९ मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएको थियो। 

अमेरिकाको मियामी स्टेडियममा जारी खेलको २९औँ मिनेटका कप्तान लियोनल मेसीले केपर्भविरुद्ध पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। 

अर्जेन्टिना विश्वकपको साविक विजेता टोली हो। 

जारी खेलमा अर्जेन्टिनाका धेरै प्रहारलाई केपभर्डका गोलकिपरले विफल पारिदिएका छन्। 

जारी विश्वकपमा मेसीको यो सातौँ गोल हो। हाल जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा मेसी छन्। मेसीपछि फ्रान्सका कप्तान अम्बाप्पेको नाममा ६ गोल छ।

पहिलोपटक विश्वकपमा सहभागी भएको केप भर्डे फिफा विश्वकप २०२६ को नकआउटमा पुगेर इतिहास रचेको छ। 

उसले समूह चरणका तीनै खेलमा सानदार प्रदर्शन गरेको थियो। केपभर्डसँगै जारी विश्वकपमा डेब्यु गरेका कुराकाओ, जोर्डन र उज्वेकिस्तान भने समूह चरणबाट नै बाहिरिएका छन्। 

यसअघि गएराति अस्ट्रेलियालाई पराजित गर्दै इजिप्ट पहिलोपटक अन्तिम १६ मा प्रवेश गरेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad