खेल


चेल्सी दुई खेलअगावै क्वार्टरफाइनलमा

चेल्सी दुई खेलअगावै क्वार्टरफाइनलमा

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार ८:१२, काठमाडौँ

इङ्लिस क्लब चेल्सी दुई खेलअगावै युरोपेली महिला फुटबलको शीर्ष प्रतियोगिता यूईएफए महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनमा प्रवेश गरेको छ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा सेल्टिकलाई ३-० गोल अन्तरले हराउँदै चेल्सीले महिला च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको हो।

चेल्सीका लागि पहिलो हाफअघि लुसी ब्रुन्जी र विके कस्टिनले एक/एक गोल गरे भने खेलको अतिरिक्त समयमा इभ पेरिसेटले पेनाल्टीमा अर्को गोल थपिन्।

योसँगै चार खेल लगातार जितेको चेल्सी १२ अंकसहित समूहको शीर्ष स्थानमा छ। 

९ अंक जोडेको रियल मड्रिडले पनि समूह बीबाट अन्तिम १६ को ढोका खोलेको छ।

गोलविहीन सेल्टिकको भने सम्भावना लगभग समाप्त भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad