समाज


उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्यु, २ छोरा घाइते

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्यु, २ छोरा घाइते

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार ८:१७, उदयपुर

उदयपुरको त्रियुगामा मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्यु भएको छ भने दुई छोरा घाइते भएका छन्। 

बुधबार साँझ भएको दुर्घटनामा त्रियुगा नगरपालिका १३ का ४५ वर्षीय महादेव चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी राजन चापागाईंले जानकारी दिए। 

‘मध्यपहाडी राजमार्गमा पर्ने त्रियुगा नगरपालिका १३ मा पर्ने दनुवारी चोकमा विपरित दिशाबाट आउँदै गरेको स १ त ५७४२ नम्बरको ट्याक्टरसँग प्र १-०५-००१ प ४२७३ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो,’ डीएसपी चापागाईंले नेपालखबरसँग भने, ‘घाइते दुई छोरा भने खतरामुक्त छन्।’

दुर्घटनामा ज्यान गुमाउने चौधरीका छोराहरु १५ वर्षीय दिवाकर चौधरी र १० वर्षीय कृष्ण चौधरीलाई जिल्ला अस्पताल गाईघाटमा सामान्य उपचारपछि गएराति नै थप उपचारको लागि विराटनगर पठाइएको छ। 

दुई छोरालाई मोटरसाइकलको पछाडि राखेर गाईघाटबाट घर जाँदै गर्दा उनी दुर्घटनामा परेका हुन्। तीव्र गतिको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। 

दुर्घटनापछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिउको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताको शवगृहमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad