खेल


चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस मंसिर ११ देखि

चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस मंसिर ११ देखि

नेपालखबर
मंसिर ५, २०८१ बुधबार १५:४५, काठमाडौँ

स्पिन इभेन्ट्सको आयोजनामा चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता हुने भएको छ।

अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा आगामी मंसिर ११ देखि १५ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताका खेलहरू लैनचौर टेबल टेनिस हलमा हुनेछ। आयोजकले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।

प्रतियोगितामा मेन्स सिंगल्स, वुमेन्स सिंगल्स ब्वाइज सिंगल्स यु–१६, गर्ल्स सिंगल्स यु–१६, मेन्स टिम, वुमेन्स टिम, भेट्रान टिम (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), वुमेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि) मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान सिंगल्स (६० वर्षमाथि) गरी कुल ११ स्पर्धा प्रतिष्पर्धा हुनेछ।

प्रतियोगिताको मुख्य प्रायोजकमा खेलकुदप्रेमी सुमन खड्गी छन्। सहप्रायोजकमा दि हाण्डीक्राफ्ट तथा खेलकुदप्रेमी रवि धाख्वा छन्। प्रतियोगिताको आधिकारिक बल पार्टनरमा दि एच एस र क्लोडिङ्ग पार्टनरमा गोर्खा एथलेटिक्स रहेका छन्।

पत्रकार सम्मेलनमा आयोजक र सहप्रायोजकबीच सम्झौतापत्रमा हस्ताक्षर भयो। प्रतियोगितामा ४५० जना खेलाडीले चुनौती प्रस्तुत गर्नेछ।

प्रतियोगिताको मेन्स/ वुमेन्स टिम इभेन्ट्स, भेट्रान टिम (४० वर्षमाथि) का शिर्ष तीन खेलाडी (तेस्रो हुने दुई) लाई शिल्ड प्रदान गरिनेछ। मेन्स/ वुमेन्स सिंगल्स इभेन्ट्सका शिर्ष तीन (सेमिफाइनलिष्ट) खेलाडीले क्रमशः ३० हजार, १५ हजार र सात हजार पाँच सय नगद पुरस्कार, मेडल तथा प्रथम हुनेले ट्रफी पाउनेछ।

१६ वर्ष मुनिका ब्वाइज सिंगल्स र गल्र्स सिंगल्स र भेट्रान्स सिंगल्समा पहिलो, दोस्रो र तेस्रो (सेमीफाइनलिस्ट) हुने खेलाडीले क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय नगद पुरस्कारका साथै मेडल, च्याम्पियनले ट्रफी पनि पाउनेछ।

साथै स्वर्ण, रजत र कांस्यपदकको आधारमा सर्वोत्कृष्ट वडालाई रनिङ शिल्ड प्रदान गरिने आयोजकको भनाइ छ। मेन्स/ वुमेन्स सिंगल्स तथा १६ वर्षमुनी ब्वाइज सिंगल्स गर्ल्स सिंगल्समा च्याम्पियन खेलाडीले अनर कम्पनीको एक्स सेभेन सी मोडलको मोबाइल फोन प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad