नेकपा (एमाले)ले मंसिर ७ गते गर्न लागेको कार्यक्रमस्थल परिवर्तन गरेको छ।
उक्त कार्यक्रम भृकुटीमण्डपबाट सारेर नारायणहिटी दरबारअगाडि गर्न लागिएको एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले जानकारी दिए।
एमालेले एक लाख मानिसलाई प्रदर्शनमा उतार्ने दावी गरेको छ। ‘उपस्थित संख्या र ट्राफिक व्यवस्थापन हेरी स्थान पुनःविचार गरिएको हो,’ बागमती प्रदेश कमिटी इन्चार्ज एवं जागरणसभाका संयोजक समेत रहेका भट्टराईले भने, ‘कार्यक्रममा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ।’
उनका अनुसार काठमाडौँका विभिन्न ठाउँबाट जुलुस निस्कनेछ।
एमालेको काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीले कार्यक्रमको आयोजना गरेका हुन्। यद्यपि, संख्या बढाउन एमालेका महासचिव समेेतको नेतृत्व खटिएका छन्।
बागमती प्रदेशअन्तर्गतका वडा तहसम्म अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ।
सत्तामै हुँदा एमालेले सडकमा किन उतार्दैछ एक लाख कार्यकर्ता?
Shares

प्रतिक्रिया