ad ad

खेल


आहा–रारा गोल्डकप फाइनलः पहिलो हाफ सकिँदा मनाङ र पुलिस दुवैले गर्न सकेनन् गोल

आहा–रारा गोल्डकप फाइनलः पहिलो हाफ सकिँदा मनाङ र पुलिस दुवैले गर्न सकेनन् गोल

लक्ष्मी जि.सी
चैत १, २०७६ शनिबार १०:१४,

मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणको उपाधिको लागि आज (शनिबार) घरेलु फुटबलका दुई चिरपरिचित प्रतिद्वन्द्वी विभागीय नेपाल पुलिस क्लब र नेपाल आयल निगम मनाङ–मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा भइरहेको छ।

पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन्।

खेलको ११औं मिनेटमा पुलिसका तेज तामाङको कर्नरलाई मनाङका गोलरक्षक अशोक बरालले क्लोज रेन्जमा जोगाउँदा पुलिस अग्रता लिनबाट चुकेको थियो। १९औं मिनेटमा मनाङले अवसर पाएपनि गोल गर्न असमर्थ बन्यो। कप्तान कमल श्रेष्ठको फ्रिकिकलाई बिमल रानाले हेडिङ गरेपछि अजित भण्डारीलाई डिफ्लेक्ट हुदै बाहिरियो। त्यसमै प्राप्त कर्नरलाई मनाङले सदुपयोग गर्न सकेन।

३५औं मिनेटमा पुलिसका निरकुमार राईले पेनाल्टी बक्सभित्र अवसर पाए पनि उनको प्रहार आकासिएको थियो। लगत्तै लुइस भिडालको क्रसमा अन्जनले पेनाल्टी बक्समा मौका पाए पनि उनको टच फितलो बन्यो।

३७औं मिनेटमा तेज तामाङको सटिक पासमा बुद्धले गरेको प्रहरा मनाङका गोलरक्षक अशोक बरालले सहजै नियन्त्रणमा लिए। ३९औं मिनेटमा कप्तान कमल श्रेठको क्रसमा पेनाल्टी बक्समा बिमलले मौका पाए पनि नियन्त्रण लिन नसकेको बललाई पुलिसका गोलरक्षक रोशन खड्कालाई कुनै बाधा भएन।
खेलको ४३औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा गोलरक्षक अघि बढेको अवस्थामा बिमल रानाको ओभर हेड किकलाई पुलिसका अजित भण्डारीले गोललाइनबाट क्लियर गर्दा मनाङ अग्रता लिनबाट चुक्यो।

सहारा क्लब पोखराको आयोजनामा गत २२ फागुनबाट सुरु भएको प्रतियोगिताको उपाधि विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैया प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट खेलाडीले पनि ट्रफी प्राप्त गर्नेछन्।

क्याराभान गोल्ड कपसहित १९ वर्षदेखि निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत हुन आएको रकम विगतमा जस्तै क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ। हाल तेश्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .